२०८३ बैशाख १३, आइतवार

आज सुन र चाँदीको मूल्य बढ्यो, पढ्नुहोस् कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्