अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । मंगलबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै गिरावट आएर तोलाको ९१ हजार ७ सय कायम भएको छ ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ । महासंघले मंगलबारका लागि चाँदीको भाउ तोलाको १२ सय ५० रुपैयाँ तोकेको छ । सोमबार तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया लेख्नुहोस्