२०८३ बैशाख १०, बिहिबार

सुनको मूल्य ५०० ले बढ्यो

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्