२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्य घट्यो

साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटी प्रति तोला एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्