२०८३ बैशाख १७, बिहिबार

घट्यो सुनचाँदीको मूल्य

सुनको भाउ मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएको थियो ।मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्