२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्य घट्दा चाँदीको स्थिर

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ पुगेकोमा आइतबार ४ सय रुपैयाँले सस्तिँदै एक लाख ५ सय रुपैयाँमा झरेको हो ।

उस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै सस्तिँदै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५ सय रुपैयाँ कारोबार भएको थियो ।

तर, यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्