२०८३ बैशाख १३, आइतवार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

आज एक अमेरिकी डलरको बिक्री मूल्य १२२.८४ रुपैयाँ र खरिद मूल्य १२२.२४ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको भाउ कायम गरेको हो ।

यस्तै, एक युरोको बिक्री १३१.२७ रुपैयाँमा भइरहँदा खरिद मूल्य १३०.६३ रुपैयाँ कायम छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५६.१८ रुपैयाँ र खरिद मूल्य १५५.४२ रुपैयाँ छ । यसैगरी, ८८.५४ रुपैयाँमा सटही भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८८.९८ रुपैयाँ छ । ८९.४२ रुपैयाँ बिक्री भाउ तोकिएको सिंगापुर डलरको खरिद भाउ ८८.९८ रुपैयाँ छ भने १० जापानी येनको बिक्री ९.६१ रुपैयाँ छ भने खरिद मूल्य ९.५७ रुपैयाँ छ ।

चिनियाँ युवानको बिक्री मूल्य १८.७७ रुपैयाँ तोकिँदा १८. ६८ रुपैयाँ खरिद मूल्य तोकिएको छ । यस्तै, साउदी रियालको बिक्री दर ३२.७५ रुपैयाँ छ भने खरिद दर ३२.५९ रुपैयाँ तथा कतारी रियालको बिक्री मूल्य ३३.६८ र खरिद मूल्य ३३.५२ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको बिक्री दर ३३.४४ रुपैयाँ र खरिद दर ३३.२८ रुपैयाँ छ ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्