२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्यले घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार?

आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्