मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला अदालतले रिहा गर्न आदेश गरेको छ ।
प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार उक्त आदेश दिएको हो ।
प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेर विद्युतीय अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्