२०८३ बैशाख १०, बिहिबार

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्