२०८० चैत्र १६, शुक्रबार

झनै कमजोर बन्यो नेपाली रुपैयाँ

नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितिमा आइपुगेको हो ।

राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै १ डलरको बिक्री दर १२९.८९ रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, आज डलरको खरिद दर १२९.२९ रुपैयाँ कायम छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।

हिजो शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९.६८ रुपैयाँ कायम थियो । खासगरी, अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारू) कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । नेपाली मुद्रा भारूसँग स्थिर विनिमय दर कायम गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्