२०८३ बैशाख १७, बिहिबार

आज पनि घट्यो सुनको मूल्य

साताको चौथो दिन आज बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बुधबार ५ रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्