२०८३ बैशाख १७, बिहिबार

घट्यो सुनको भाउ, तोलाको कति?

नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको भाउ भने स्थिर छ। चाँदी बिहीबार जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्