मंगलबार शेयर बजार परिसूचक नेप्से २.५७ अंकले घटेर १९५६.३६ बिन्दुमा पुगेको छ । बजार घटेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३८४.२१ बिन्दु पुगेको छ ।
आज कारोबारमा आएका २२६ वटा कम्पनीका २७ लाख ७३ हजार ७३७ कित्ता शेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँमा किनबेच भयो । अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ । बजार घटेसँगै ९ वटा उपसमूहका सूचक पनि ओरालो लागेका छन् ४ वटा उपसमूहको सूचक बढेको छ । आज फाइनान्स समूहको सूचक ०.२८ प्रतिशतले बढेको छ भने नन् लाइफ इन्स्योरेन्सको ०.३ प्रतिशतले, लाइफ इन्स्योरेन्सको १.०३ प्रतिशतले र अन्य समूहको ०.९७ प्रतिशतले बढेको छ ।
मंगलबार बजार घटे पनि ५८ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ११४ वटा कम्पनीका लगानीकर्ताले भने गुमाए । मंगलबार लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ प्रतिशतभन्दा बढिले वृद्धि भएर प्रतिकित्ता क्रमशः १३७९ रुपैयाँ र ८८७ रुपैयाँ कायम हुन गयो । यस्तै, सर्वाधिक गुमाउनेमा कालिका लघुवित्त वित्तिय संस्थाका लगानिकर्ता रहेका छन् । कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढिले घटेर प्रतिकित्ता ९२२ रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक शेयर कारोबार भने शिवम् सिमेन्सको भएको देखिन्छ । कम्पनीको ८ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६३ रुपैयाँ कायम भएको छ ।






प्रतिक्रिया लेख्नुहोस्