२०८३ बैशाख १७, बिहिबार

सुनको मूल्य स्थिर, चाँदीको १० रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत कारोबार दिन बुधबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्