२०८३ बैशाख १२, शनिबार

सुनको मूल्य घट्दा चाँदीको स्थिर

सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य एक लाख तीन हजार दुई सय कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार सात सय निर्धारण गरिएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्