२०८३ अशोज १३, मङ्लबार

धादिङमा ६ वटा सवारीसाधन एकआपसमा ठोक्किए

धादिङको धुनिबेशी नगरपालिका–६, मितेरी टोलस्थित पृथ्वी राजमार्गमा छ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अगाडिको गाडीले अचानक ब्रेक लगाएपछि पछाडिका सवारीसाधन समयमै रोक्न नसक्दा श्रृंखलाबद्ध दुर्घटना भएको हो । तेल बोकेको ट्याङ्करले आफ्नो लेन मिच्दा पछाडिको ट्रकमा समेत क्षति पुगेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाले दुर्घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ । दुर्घटनाको कारण र भौतिक क्षतिको यकिन विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्