२०८३ बैशाख १७, बिहिबार

बढ्यो सुनको मूल्य

सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार, तेजाबी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

यता, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्