२०८१ बैशाख ६, बिहिबार

घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन घटेको छ । यसअघि सोमबार २०० र आइतबार ६०० रुपैयाँले घटेको सुन मंगलबार एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्