२०८३ जेष्ठ ४, सोमवार

कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्यायो झण्डै ३६ अर्बको बजेट

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ ।

कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज प्रदेशसभामा आज आगामी आर्थिक वर्षको लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ ।

सो प्रदेशले चालु आर्थिक वर्षमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ १७ अर्ब ९० करोड १० लाख र पुँजीगततर्फ १७ अर्ब ३५ करोड ८२ लाख र वित्तीय हस्तान्तरणतर्फ दुई करोड बजेट विनियोजन गरेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्