२०८३ बैशाख १३, आइतवार

सुनको मूल्य बढ्यो, कति पुग्यो?

 

नेपाली बजारमा आज आइतबारको दिन सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार भने सुन तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।  चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १६० रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्