जेनजी आन्दोलनका कारण २४ भदौमा बौद्धस्थित हायात रिजेन्सी होटलमा तोडफोड, आगजनी र लुटपाट भएपछि अहिले बन्द छ ।
होटल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने कर्मचारीका प्रतिनिधिसँग सहमति गरेको छ। सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने छ।
सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ। यसले कर्मचारीको रोजगारीको सुरक्षा हुने होटलले जनाएको छ।






प्रतिक्रिया लेख्नुहोस्