साताको पहिलो बारोबारको दिन आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ ।अघिल्लो दिनको तुलनामा आज चाँदी ८० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्