सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको छ ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भयो । जम्मा ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने ५ को स्थिर रह्यो । व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार ०.५७ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर तथा सिटिजन लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।







प्रतिक्रिया लेख्नुहोस्