टाटा मोटर्सको लोकप्रिय विद्युतीय कार टियागो ईभी अब विशेष अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ अभियान सञ्चालन गरिरहेको छ।
सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले रु. ४ लाख ३० हजार डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्नेछन्। अभियानको मुख्य सन्देश ‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ रहेको छ। अभियानअन्तर्गत टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्। त्यस्तै, पुरानो गाडी एक्सचेन्ज गरी नयाँ टियागो ईभी खरिद गर्न चाहने ग्राहकले ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ सुविधा पाउनेछन्।
यसले पुरानो गाडीबाट विद्युतीय सवारीमा अपग्रेड हुन चाहने ग्राहकका लागि खरिद प्रक्रिया थप सहज बनाउने कम्पनीले जनाएको छ। ‘जोयफुल विक’ अवधिमा टियागो ईभी खरिद गर्ने ग्राहकले विभिन्न अतिरिक्त सुविधा पनि पाउनेछन्। यसअन्तर्गत निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर र निःशुल्क होम चार्जिङ इन्स्टलेसन उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी सुविधाले गाडी खरिदको प्रारम्भिक लागतसँगै विद्युतीय सवारी प्रयोगका लागि आवश्यक थप सुविधामा समेत ग्राहकलाई लाभ पुग्नेछ।
टियागो ईभी आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङ अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा लोकप्रिय विद्युतीय मोडलका रूपमा रहेको कम्पनीको दाबी छ। ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा ‘जोयफुल विक’ अन्तर्गतका अफरबारे बुझ्न सक्नेछन्। यो अभियान सेप्टेम्बर २६ सम्म मात्र सञ्चालन हुने कम्पनीले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्