नेपाली बजारमा बिहीबार सुन-चाँदीको भाउ घटेको छ।
यसदिन सुनको मल्य तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ घटेको हो।







प्रतिक्रिया लेख्नुहोस्