२०८३ अशोज १५, बिहिबार

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक बीमाको व्यवस्था

प्रस्तावित संघीय निजामती सेवा सम्बन्धी ऐन अनुसार नेपाल सरकारले निजामती कर्मचारीको योगदानमा आधारित सावधिक जीवन बीमा गर्नेछ । सावधिक जीवन बिमाको व्यवस्थापन गर्न एक सावधिक जीवन बिमा कोषको स्थापना गर्नु हुनेछ ।

स्थापित कोषमार्फत सावधिक जीवन बिमाको व्यवस्थापन गर्न सकिनेछ प्रस्तावित ऐनमा उल्लेख छ। यसका साथै निजामती कर्मचारीलाई दुर्घटना बीमाकाे व्यवस्था पनि सरकारले गर्ने छ ।

ऐन प्रारम्भ भएपछि निजामती कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययन गर्न आवश्यक पर्ने खर्चको निमित्त शैक्षिक बीमा योजना लागु गर्न सकिनेछ ऐनमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्