२०८३ कार्तिक १४, शुक्रबार

सलिको गल्फ प्रतियोगिताकाे मिति परिवर्तन, १४ नोभेम्बरमा हुने

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्वारा आयाेजना हुन लागेकाे गल्फ प्रतियाेगिताकाे मिति परिवर्तन भएकाे छ । माैसमका कारण शनिबारका लागि हुने उक्त प्रतियाेगिताकाे मिति सरेकाे हाे ।

अब उक्त प्रतियाेगिता कात्तिक २८ गते शनिबार हुने कम्पनीले जनाएकाे छ । उक्त प्रतियोगिता १४ नोभेम्बर २०२६ (शनिबार) का दिन गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।

‘हालैमात्र देशमा देखिएको मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेकोमा कम्पनी सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छ। प्रतियोगिताप्रति यहाँहरूले देखाउनुभएको उत्साह, चासो र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै अब प्रतियोगिता हुने दिनमा पनि यहाँहरूको सक्रिय सहभागिता र निरन्तर साथको अपेक्षा गर्दछौँ,’ विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्