२०८३ बैशाख २६, शनिबार

कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र प्रकाशित गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले अबको एक साताभित्र नतिजा प्रकाशित गर्ने तयारी गरिएको जानकारी दिए । ‘छिटो नतिजा प्रकाशित गर्न लागि परेका छौँ, अबको एक साताभित्रै नतिजा प्रकाशित गर्ने तयारी छ । ढिलोमा साउनभित्र नतिजा आइसक्छ,’ उनले  भने ।

गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षा वैशाख २४ गते सकिएको थियो । बोर्डका अनुसार, परीक्षामा पाँच लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए ।

परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्