२०८१ बैशाख ३०, आइतवार

पवनदीप राजन बने ‘इन्डियन आइडल’ सीजन–१२ को विजेता

पवनदीप राजन भारतीय चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को विजेता बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो ।

यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् । त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जितबाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन् ।पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् । पवनदीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे ।फाइनलमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि प्रतिस्पर्धीको हौसला बढाउन पुगेका थिए ।

पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए ।पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए ।सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा जन्मिएका ‘द भ्वाइस अफ इन्डिया’ पनि गएका थिए ।उनले सन् २०१५ मा ‘द भ्वाइस अफ इन्डिया’ जितेका थिए । उनले ५० लाख भारतीय रुपियाँ पनि जितेका थिए । साथै, अल्टोको कार पनि प्राप्त गरेका थिए । यसका साथै, उनले युनिभर्सल म्यूजिक ग्रुपसँग पनि पहिलो गीत रिलीज गर्ने कन्ट्र्याक्ट गरेका थिए ।

पवनदीपले सन् २०१५ मा ‘यकीन’ गीत रिलीज गरेका थिए । उनी उत्तराखण्डका युथ ब्राण्ड एम्बास्डर पनि चुनिएका थिए । उनले सन् २०१६ मा एरोन हारुन राशिदसँग एल्बममा गीत पनि गाएका थिए । उनले सन् २०१७ मा फिल्म ‘रोमियो एन बुलेट’ मा गीत गाएका थिए ।पवनदीपले साढे २ वर्षकै उमेरमा तबला बजाएर अवार्ड पनि जितेका थिए । उनले करिब १३ वटा देश र भारतका १४ राज्यमा करिब १२०० वटा शो गरिसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्