२०८३ बैशाख ३, बिहिबार

प्रिती आलेको ‘आलु जस्तो केटी’ सार्वजनिक

गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक भएको छ । गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरुले डेढ वर्षअघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनिक गरेका थिए ।

गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा श्रोतामाझ ल्याएको बताएकी छन् । उनले भनिन्, ‘लोक गीत सुन्ने दर्शकका लागि केही नयाँ हुन सक्छ, तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप गीतलाई पनि लोकदोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ’गायक पवनले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडि बढाएको बताका छन् ।

गीतमा शब्द प्रितीको र संगीत पवनको छ । एरेञ्ज भने विपिन आचार्यले गरेका छन् । गीतमा पवन र प्रितीसँगै रञ्जन पाण्डे र अलिसा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा द नेक्स्ट ग्रुपको प्रदीप लामाको कोरियोग्राफी र निर्देशन छ ।

प्रतिक्रिया लेख्नुहोस्