२०८२ फाल्गुन १०, आइतवार

दशैं तिहार गीत ‘दाई परदेशी’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायक भुवन दाहाल र उदाउँदा गायक गणेश ओझाको स्वरमा रहेको दशैँ तिहार विशेष ‘दाई परदेशी’ गीत सार्वजनिक भएको छ ।

नेपालीहरुको महान चाड दशैं तिहारलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरिएको लगानीकर्ता एवं गायक गणेश ओझाले बताए । हाम्रो समाजमा अझै पनि आर्थिक अवस्था कमजोर भइ थलिएको परिवारले चाडपर्व हर्सोल्लासका साथ कहिल्यै मनाउन नसकेको यथार्थ चित्रण गीत मार्फत गरिएकोले धेरैले रुचाउने उनको भनाई छ।

लोकभाकामा धेरै दशैं तिहारका गीत बनेपनी सुदूरपश्चिम भित्र लोकदेउडामा त्यतिधेरै गीत तयार नभैरहेकोले असाध्यै मिहिनेत गरेर केही फरक तवरले कथागत रूपमा यो गीत तयार गरेकाले दर्शकर श्रोताको मन जित्ने उक्त गीतका निर्देशक सुरेन्द्र संगमले बताए।

गीतको सुरुवात अघिल्लो वर्ष दाजुभाइ,आमाबुवा सबैले सँगै बसेर गाउँमा मीठो मसिनो खाँदै दशैं तिहार मनाएको भएपनी यसपटक कोरोना भाइरसका कारण परिवार आर्थिक चपेटामा झन परेकोले दाइ परदेशी हुनुपर्ने र भाइ आमाबुवा घरदेश हुँदा परदेशको छोराको न्यास्रोले दशैं तिहार खल्लो भएको प्रसंग उल्लेख छ।  उता छोरा पनि अघिल्लो वर्ष आमाबुवा भाइसँगै रमाएर चाडवाड मनाए पनी यसपटक त्यो सम्भव नहुँदा घरदेश सम्झी दिन काट्नु परेकोले गीतमा उल्लेख गरिएको छ ।

गीतमा पछिल्लो समयका व्यस्त निर्देशक सुरेन्द्र संगम डोट्याल बड्डोले निर्देशन गरेका छन् । गीतको शव्द बीर बहादुर बोहोराले लेखेका हुन भने लय गणेश ओझा र गोरख थापाले तयार गरेका हुन साधक रेकर्डिङ स्टुडियो धनगढीमा रेकर्ड भएको उक्त गीतको एरेन्ज संगीतकार शिशिर साधकले गरेका हुन् ।

गीतमा चक्र बिस्ट,रितीक रोशन,डिल्लीराज ओझा र सरु रानीको अभिनय देख्न पाइन्छ ।श्री राम फिलिम्सको दृश्य निर्माणमा तयार गरिएको उक्त गीतको छायांकन एवं सम्पादन अमित बिकले गरेका हुन। गीत सुदूरपश्चिम प्रदेशको लोकप्रिय युटुब च्यानल समर्पण मिडिया धनगढीबाट सार्वजनिक गरिएको छ।

यस्तो छ उक्त गीतको भिडियो

प्रतिक्रिया लेख्नुहोस्