नेपाली साइन्स-फिक्सन फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रमका बीच उक्त ट्रेलर सार्वजनिक भएको हो ।
शाइ प्रोडक्सन नेपालको प्रस्तुति रहेको ‘एक्लो’ आउँदो पुस १७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदीप शाहीको निर्देशनमा बनेको योे चलचित्रले कथा र चरित्र चित्रणबारे जानकारी दिन्छ। ट्रेलरमा भव्यता देखाएको छ।
चलचित्रमा प्रदीप खड्का, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, जेमी बेकन, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डिसी लगायतको अभिनय रहेको छ।
प्रदीप अभिनीत ‘एक्लो’ ट्रेलरको हेर्नुहोस् पुरा भिडियो-







प्रतिक्रिया लेख्नुहोस्