२०८३ साउन ३१, आइतवार

नाजिर र स्वस्तिमाको ‘हाम्रो माया’

नाजिर हुसेन र स्वस्तिमा खड्काले अभिनय गरेको ‘हाम्रो माया’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।

मोहितवंश आचार्य र मेलिना मैनालीको आवाजमा बनेको यो रमाइलो गीतमा दिपक शर्माको संगीत छ।सान थापाले निर्देशन गरेको गीतमा राजीव शर्माको कोरिओग्राफी छ। दिनेश थपलियाको शब्द रहेको यो गीत योगेश काजीको संगीत संयोजनमा तयार भएको हो।

यसमा श्याम स्वेत रसाइलीको मिक्सिङ रहेको छ। गीतको भिडिओ ओएसआर डिजिटलमार्फत् विहीबार सार्वजनिक भएको हो।

प्रतिक्रिया लेख्नुहोस्