२०८२ चैत्र ३०, सोमवार

‘ढोकै खुलेन’ मा समारिका र प्रथम

गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ को भिडियो सार्वजनिक भएको छ ।

गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन् । एक प्रेमीले जोडीको प्रेम भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय छ ।

सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियो छायाङ्कन चक्रबहादुर बरालले गरेका हुन् । भिडियोमा सिलन लम्सालको सम्पादन छ ।

प्रतिक्रिया लेख्नुहोस्