२०८३ बैशाख २, बुधबार

‘भाग्य भित्र जीवन’ मा पृथ्वी प्रसाईँ र अनु शाह

गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्तको स्वर, बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ ।

रामजी लामिछानेको निर्देशन भिडिओमा पृथ्वी प्रसाईँ र अनु शाहको अभिनय छ । सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडिओमा फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माण रहेको छ ।

भिडिओमा रुपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायांकन र वन्देप्रसादको सम्पादन रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्