नेपाली सांगीतिक आकाशका लोकप्रिय गायक कृष्ण भक्त राई र गायिका सुनिता थेगिम को कर्णप्रिय स्वरमा नयाँ गीत हेलो कान्छी हाई हाइ सार्वजनिक भएको छ। ’रेन्बो वेभ’ द्वारा निर्मित यस गीतमा जीत लिम्बू को शब्द र संगीतको संयोजन रहेको छ, जसलाई कृष्ण भक्त राईले नै संगीत संयोजन गरेर थप मीठो बनाएका छन्। यस गीतमा मेघराज लुङ्गेली मगरले मादल र नगेन्द्र राईले बाँसुरीको धुन भरेका छन्।
गीतको अडियो रेकर्डिङ शङ्कर डिजिटल स्टुडियोमा सागर पुनले गरेका हुन् भने कुमार सानू पुनले अडियो मिक्सिङको जिम्मेवारी सम्हालेका छन्। गीतको भिडियो पक्षलाई प्रकाश लिम्बू ले निर्देशन गरेका छन्, जसमा सोनिया लिम्बू र निर्विक राई को अभिनय रहेको छ। आकर्षक नृत्यलाई दिनेश लिम्बूले कोरियोग्राफी गरेका छन्। राम कुमार केसीद्वारा छायाङ्कन गरिएको यस भिडियोको सम्पादन तथा कलर टेकेन्द्र शाहले गरेका छन्, र मणिक लामाले आर्ट तथा यामुना पाण्डेले मेकअप मार्फत भिडियोलाई उत्कृष्ट लुक दिएका छन्। भिडियोको निर्माण व्यवस्थापन राजू श्रेष्ठले गरेका थिए। गीतमा सुमधुर माया प्रियमको कुरालाई खुलाएको छ। एक अर्काको मायालाई हेलो कान्छा हाई हाई लयमा मिलाएर गाएका छन् भने निृत्य अतिनै उत्कृष्ट रहेको छ।
उत्कृष्ट गायन र प्राविधिक टिमको मेहनतले बनेको यो गीतको भिडियोलाई ’रेन्बो वेभ’ ले नै निर्माण तथा पोस्ट प्रोडक्सन गरेको छ। बलियो अडियो तथा भिडियो पक्षका कारण यो गीतले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाउने र नेपाली संगीत बजारमा आफ्नो छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्