२०८२ फाल्गुन ४, सोमवार

गोबर गणेशमा फोहोर उठाउने वर्षा र बल्छी

यही माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोबर गणेश’ को पोस्टरमा मरीचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा सिवाकोटी लाई फरक शैलीमा प्रस्तुत गरिएको छ। वर्षा रिक्सा चलाइरहेकी छन् भने बल्छी सोही रिक्सामाथि बसेका छन्।

पोस्टरमा पात्रहरू सरसफाइ कर्मचारी वा फोहोर मैला व्यवस्थापन सँग सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ। चलचत्रिमा कीर्तिपुर सहरको झल्को दिने बाक्ला घरहरूको उद्देश्य छ। टेलिसिरियलबाट आफूलाई चिनाएको बल्छी धुर्बे सोयमलेनै यो चलचित्रको निर्देशन गरेका हुन्। छायाङ्कन कार्य सम्पन्न भइसकेको ‘गोबर गणेश’ हाल पोस्ट प्रोडक्सन को अन्तिम चरणमा रहेको छ।

उक्त चलचित्रमा मरीचमान श्रेष्ठ, वर्षा सिवाकोटी, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, (पुकु), बुद्धि तामाङ, विनोद न्यौपाने, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्