पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २ सय ७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १ सय ८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन् ।
यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार १ सय १५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार ४ सय २२ जना रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्