पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १० हजार १ सय ६ पीसीआर परीक्षणमा ३ सय ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ३५ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा १ हजार ८ सय ८७ परीक्षण हुँदा ४९ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ९ सय ९३ परीक्षण हुँदा ४ सय १२ मा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा २ सय २ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ९ सय १६ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ रहेको छ । २४ घण्टामा १ लाख १ हजार ७ सय ६१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।







प्रतिक्रिया लेख्नुहोस्