२०८३ बैशाख १८, शुक्रबार

काठमाडौं उपत्यकामा थपिए १ सय ७० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७० जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा १ सय २४, भक्तपुरमा १० र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५ सय ६० पुगेको छ ।

आज देशभर ६ हजार ८ सय २७ जना होम आइसोलेसनमा, ४ सय ४२ जना संस्थागत आइसोलेसनमा, २ सय ३० जना आईसीयू तथा ५५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्