नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षणमा ३ सय १३ र १ हजार ४ सय ४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ सय ७३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्