नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ सय ४१ पीसीआर र ५२ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा ११ हजार ६ सय २६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ९ हजार ५ सय १० र एन्टिजेन परीक्षण २ हजार १ सय १६ भएको छ। पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २६ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म ८ लाख ९ हजार ९२२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५ सय ८१ पुगेको छ । २४ घण्टामा २ लाख ८२ हजार ४ सय ४१ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्