२०८३ बैशाख १८, शुक्रबार

२४ घण्टामा देशभर २६० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २६० जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा नमूना परीक्षण गर्दा २६० जनामा संक्रकमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो चौबीस घण्टामा एकजनाको मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ । आज ३४९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्