२०८३ बैशाख १२, शनिबार

देशभर थप २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ सय ३५ र एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ सय २८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ७ सय ४६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । हालसम्म देशभर ११ हजार ५ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार १ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ४२ लाख ८२ हजार ३ सय ६० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये १ करोड ३ लाख १० हजार ६ सय ९२ जनाले पूर्ण मात्रा र १ करोड ३९ लाख ७१ हजार ६ सय ६८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

 

प्रतिक्रिया लेख्नुहोस्