कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् । अस्पताका उपनिर्देशकका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा पनि उपचारमा प्रभाव परेको छैन ।उपचारमा कुनै कमी नहोस् भनेर स्वास्थ तथा जनसंख्या मन्त्रालयको समन्वयनमा करार अवधि तीन महिना थपिएको उनले जानकारी दिएका छन् ।
जसले गर्दा उपचारमा कमी नआउने उनको दाबी छ । यस्तै, वीर अस्पतालमा कोरोना संक्रमणको जानकारी दिनका लागि २४ घण्टा खुला रहने टोल फ्रि नम्बर पनि सुचारु गरिएको छ । पैसा नलाग्ने नम्बर ११३३ मा फोन गरेर सम्पूर्ण कोरोनाको उपचारको बारेमा जानकारी पाउँने उपनिर्देशकले बताएका छन् ।
‘यदि कोरोना संक्रमण भएर घरमा होम आइसोलेशन बस्ने ठाउँ छैन भने वीर अस्पतालमा आउँनुस हामी उपचार गछौं,’ उनले भने । पहिलो र दोस्रो लहरमा स्वास्थ्य मन्त्रालयले नै यो नम्बर चलाएको थियो । त्यस्तै, स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ ।
अस्पतालका कोभिड फोकल पर्सनका अनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । उनका अनुसार जनरल वार्डमा २६ जना, आईसीयू १०, एचडीयूमा १० जना संक्रमित उपचाररत रहेका छन् । स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालले मेडिकल आईसीयू सेवा बन्द गरेको उनले जनाएका छन् ।
उता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि ५ जना स्वास्थ्यकर्मी संक्रमित भएको असपतालका सूचना अधिकृतले बताएका छन् । त्यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा ५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको अस्पतालका फोकल पर्सनले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्