२०८३ बैशाख १८, शुक्रबार

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३ सय ७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा ७ सय ६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५ सय ८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५ सय ७५ जना निको भएका छन् ।

यस्तै कुल मृतकको संख्या ११ हजार ६ सय ३५ जना पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार २ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५ सय ६७ र भक्तपुरमा ४ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्