२०८३ बैशाख १८, शुक्रबार

पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्