२०८३ भदौ ४, बिहिबार

सांसद आशिका तामाङले गरिन् बानी व्यहोरा सुधार्ने प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो बानी व्यहोरा सुधार्ने प्रतिबद्धता जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अबदेखि नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने बताएकी हुन् ।

‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु’, उनले लेखेकी छन् । रास्वपा संसदीय दलको बुधबारको बैठकमा सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई मर्यादित र अनुशासित हुन निर्देशन दिएका थिए ।

तामाङले मंगलबार प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालसँग मुख लागेकी थिइन्। सभामुखले नामै तोकेर संसदको मर्यादामा बस्न रुलिङ गरेपछि उनले झोक्किँदै संसदको बैठक कक्ष छाडेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्