२०८३ असार ३, बुधबार

भारतमा २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः एकपटक तीब्रता आइरहेको छ ।

स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् । यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

 

 

 

 

प्रतिक्रिया लेख्नुहोस्